वर्षा यामको समयमा हरियो साग नपाए पछी तातो झोल खानको लागि मासु पसलबाट एक केजी मासु किनेँ । झरी अलिक रोकिएकाले छाता खोलेर ओड्ने मनसायलाइ थातीँ राखि म घरतर्फ लागेँ। हिड्दै थिएँ अचानक एउटा आवाज सुनेँ।
"ए शीतल!"
पछाडी फर्केर हेरेँ। एउटा मान्छेले आफ्नी श्रीमतीलाई बोलाएको रहेछ। 'शीतल' यो नामसँग म निकै परिचित छु। उनी मेरै बस्तीमा बस्थीन्। उन्को परिवार दुईचार वर्ष पहिले पहाडबाट बसाइ सरेर आएका थिए। उन्का बा आर्मीको हवल्दार । पेन्सन पाकेकाले बुढा घरकै काममा ब्यस्त हुन्थे। उन्की आमा सानो तिनो किराना पसल गर्नु हुन्थ्यो।
छोरी छोरी तीन बहिनी ।तीन बहिनी मध्ये उनी कान्छी । ठिक्कको कद, अलिक पातली, गहुँगोरी अनि गाजलु आखाँ । शीतल साच्चै शीतल थिइन्। मेकअपको नाममा गाजल बाहेक केही लाउदिन थिन्। कुर्तासरूवालमा त बिछट्टै राम्री देखिन्थी उनी। बोली त कोहीलीको भन्दा मिठो। यहि बानीले त मेरो मन तानेकी थिन् उन्ले।
उनी 10 कक्षामा पढ्थिन् । म 12 मा। उन्को र मेरो स्कुल एउटै थियो। म कलेजबाट फर्किदा उनि स्कुल जादै गरेकी हुन्थिन् । एउटै बस्तिमा बस्ने भएकाले उनलाई बेला बेला जीस्काइरहन्थे। उनि भने रातोपिरो हुन्थिन्। बिस्तारै समय बित्यो। म 12 सकेर बीबीएस् पढ्न थालेँ। उन्ले पनि एस्.एल्.सी पास गरेर 11 पढ्न थालीन्। उन्को र मेरो बुबाको राम्रो हिमचिम् भएकाले बेला बेला हवल्दार काकाले शीतललाइ पनी सिकाइदेउ है बाबु भन्नु हुन्थ्यो। म खुशीले भित्र भित्रै रमाउँथे।
एकदिन उन्को मा गएँ। आन्टिले बाबु आउनुभएछ भनेर चिया बनाउन थाल्नु भयो। एता उती नजर डुलाएँ। उन्लाई कतै देखिन। एकछिन पछि कपाल लर्काउदै उनी आइन्। गमलाको फूलमा पानी हाल्न गएकी रैछिन्। आन्टिले चिया लिएर दिनु भयो। चिया खादै गर्दा आन्टीले पढाइको विषयमा कुरा गर्नु भयो। " यस्लाइ 12 सकेर यतै पढ भनेको , खाली बाहिर जान्छु उतै पढ्छु भन्छे। हामीले भनेको मान्दिन । बरू बाबुले यसो सम्झाइदेउन।" आन्टिले कुरा राख्नु भो। " ठिकै छ त आन्टी, विदेशमा पढ्नु भनेको राम्रै हो त। ठूला विश्वविध्यालय छन्। पढाइ राम्रो हुन्छ।" एक पढे लेखेको केटा भएको हिसाबले मन भारी पार्दै भनेँ।"खै बाबु! अचेलका केटाकेटी निकै बाठा भैसके। उबेला आफूले पढ्न पाइएन । फेरि आज सम्म यस्लाइ घर बाहिर पनि पठाएको छैन।" भन्दै आन्टिले दुःख पोख्नु भो। म आमाको मायालाइ बुझ्न सक्थेँ। म केही बोलीन । केही हिसाब सिकाएर त्याहाँ बाट निक्लेँ।
दिनहरू बित्दै गए। 12 को परिक्षामा उनी राम्रो अङ्कमा पास भइन् । दुइचार दिनमा विदेश जाने सम्पूर्ण प्रतिक्रिया मिलाउन काठमाडौं गइन्। फर्के पछि मैले सोधेँ "शीतल, तिमी साच्चीकै जानै लागेको हौ र!"। उन्को जवाफ केही आएन।
समय बित्यो । उन्को भिजा लागेछ र उड्ने दिन पनि आयो।एकातिर अमेरिका जाने भएर एकदम खुशी थिइन् उनि । अर्कातिर घरपरिवारसँगको बिछोडको पीडा पनि उन्को आँखामा प्रस्ट झल्किन्थ्यो।
सबै सँग विदा भएर म सामु आइन।" जान्छु ल! ख्याल राख्नु" उन्ले जाने बेला बोलेको अन्तीम् वाक्य। म एक्कासी भावुक भएर आएँ । तै पनि सम्हालिएर उन्लाई बिदा गरे। उनि गइन् ।
केही समयपछि आकाशमा हवाइजहाज उड्यो। लाग्यो उनि त्यहि जहाजमा गइन्। अनि म आफ्नो घर फर्केँ।
घरपुगेर टिभी खोलेर फूटबल हेर्दै बसेँ। मन भारी भएकाले केहि गर्न मन लागिरहेको थिएन। च्यानल पनि कति एउटै हेर्नु भनेर चेन्ज गरेँ। त्यही बेला बी.बी.सी मा प्लेन दुर्घटना भएको समाचार आयो। पत्याउनै सकिन। हत्तपत्त बाहिर गएँ। उन्को घरमा रूवाबासी चलिराथ्यो। जुन प्लेनमा उनी चढेकी थिइन् त्यो दुर्घटनामा परेछ। कसैले कुरा गर्दै थिए। यो सुन्ना साथ मैले केही सोच्नै सकिन । हजारौँ तिरले एक साथ रोपे जस्तो लाग्यो। जङ्गली जनावरले चिथोर्न थाले जस्तो। सम्हालिनै गाह्रो पर्यो। उन्को त्यो अबोध अनुहार आँखामा झल्झली नाचे। म भित्र भित्रै रोएँ।
"दाइ! प्लास्टिक फुटेछ। " म झसङ्ग भए। आँखाबाट आँसु खसेछ। पुछेँ। अनि पछाडी फर्किएँ । एउटा भाइले मलाई भन्दै रैछ। प्लास्टिक सम्हाल्न पनि गाह्रो भो। त्यही पनि बल्ल तल्ल घर पुगेँ। बिगतको सम्झनाले पनि त्यो मासु खान मन लागेन। मिल्काइदेँ एक कुनातिर।।
@lapenands
Authors get paid when people like you upvote their post.
If you enjoyed what you read here, create your account today and start earning FREE STEEM!
If you enjoyed what you read here, create your account today and start earning FREE STEEM!