नारायणगढ–मुग्लिन सडकमा २ वर्ष भित्रमा कति वटा पुल बन्दैछन्

in nepalinews •  7 years ago 

मर्मतको क्रममा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा १८ वटा पुल निर्माण हुने भएका छन् । अहिले पुल भएका स्थानमा आगामी दुई वर्षभित्र १८ वटा नयाँ पुल निर्माणको प्रकृया अघि बढेको छ ।

सो सडक खण्डमा रहेका अहिलेका पुलहरु चौडा नभएका कारण सवारी ओहोरदोहोरमा समस्या भईरहेको छ । अझ ती पुल जीर्ण भएका कारण कुनै पनि समयमा ठुलो विपद आइलाग्न सक्ने भन्दै सडक विभागले अहिलेका पुल हटाएर डेढ दर्जन नयाँ पुल निर्माण गर्न लागेको हो ।

सडक विभागका अनुसार आगामी एक महिना भित्रमा चार वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भईसक्नेछ । थप १४ वटा पुल निर्माणका लागि नक्शांकनको काम भइरहेको विभागले जनाएको छ । यो काम सकिए लगत्तै १४ वटा पुल निर्माणका लागि ठेक्का प्रकृया सुरु हुने विभागले जनाएको हो । विभागका अनुसार अहिलेका सबै पुल छ मि मात्र चौडा छन् भने अब बन्ने पुल ११ मि चौडा हुने छन् ।

आगामी दुई वर्ष भित्रमा सबै पुल निर्माण भैसक्ने सडक विभागले जनाएको छ । पुल निर्माणका लागि झण्डै १ अर्ब खर्च हुने अनुमान गरिएको छ । सोमध्ये आधा रकम नेपाल सरकारले व्यहोर्ने छ भने आधा रकम विश्व बैंकले लगानी गर्ने छ ।

Authors get paid when people like you upvote their post.
If you enjoyed what you read here, create your account today and start earning FREE STEEM!
Sort Order:  

very nice article